देवघाटधाम जेसीजको अध्यक्षमा बिष्णुहरी सापकोटा(छितिज) चयन

images
  • 317
    SHARES
  • पौष १६, २०७९ शनिबार
    देवघाटधाम जेसीजको अध्यक्षमा बिष्णुहरी सापकोटा(छितिज) चयन
    images
    देवघाट तनहुँ : पुष १६ गते
    देवघाटधाम जेसीज २०२३ को अध्यक्षमा जेसी बिष्णुहरी सापकोटा चयन हुनु भएको छ । शनिबार नमस्ते देवघाट गार्डेन रिसोर्टमा भएको दोस्रो साधारणसभा तथा प्रथम शाखा अधिवेशनबाट सापकोटा अध्यक्ष पदमा सर्वसहमत चयन हुनु भएको हो ।
    321809500_655831889563666_7163389410103344896_n.jpg
     
    सो अधिवेशनमा कार्यकारी उपाध्यक्ष पदमा जेसी अर्जुन सुवेदी र रघु मल्ल चयन हुनु भएको छ भने उपाध्यक्ष पदमा जेसी करिष्मा गुरूङ, जेसी शिव प्रसाद अधिकारी,जेसी सुजन गुरूङ, जेसी माधव न्यौपाने चयन हुनु भएको छ भने निर्देशक पदमा जेसी सन्दिप पोख्रेल, जेसी आशिष, जेसी महेन्द्र पराजुली, जेसी नवराज रिसाल गरेर ११ सदस्यीय समिति सर्वसहमत चयन भएको छ । अध्यक्ष सापकोटाले आफु अध्यक्ष पदमा निर्वाचित भए लगत्तै पहिलो कार्यक्रम भनेको समाजसँग भिज्ने कार्य गरिने बताउनु भएको छ । आज भएको देवघाटधाम जेसिजको दोस्रो साधारण सभा तथा प्रथम शाखा अधिवेशन निर्वाचन आयुक्तको जिम्मेवारी मातृ शाखा गितानगर जेसिज २०१७ शाखा अध्यक्ष तथा २०१८ का राष्ट्रिय आइटी कोअर्डिनेटर जेसि गोबिन्द आचार्यले गर्नु भएको थियोे ।
    323315678_1330253167798463_1160620639911669147_n.jpg
     
    भने मनोनयन अधिकृतको जिम्मेवारी मातृ शाखा गितानगर जेसीजका वर्ष २०२१ का अध्यक्ष जेसी अर्जुन पौडेलले गर्नु भएको थियोे । त्यस्तै कार्यक्रममा देवघाटधाम जेसीजको समर्थन शाखा माडी जेसीजका बर्ष २०२२ का अध्यक्ष शोभाखर अधिकारी, गितानगर जेसीजका बर्ष २०२० का अध्यक्ष युवराज अधिकारी,गितानगर जेसीजका बर्ष २०२२ का कोषाध्यक्ष युवराज अधिकारी लगाएत उपस्थिति रहेको थियोे । सोही अधिवेशनमा उम्मेद्वारहरूको प्रमुख प्रशिक्षक नारायणगढ जेसीजका बर्ष २०१८ को शाखा अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी,राष्ट्रिय उपाध्यक्ष जेसि अर्जुन अधिकारीले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै कार्यक्रम बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष प्रशन्न ढकाको संयोजकत्वमा भएको थियोे । कार्यक्रम देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend