नेकपा एमाले देवघाट ५ नं. वडाको अध्यक्षमा गणेश बहादुर थापा चयन 

images
  • 200
    SHARES
  • कार्तिक ६, २०७८ शनिबार
    नेकपा एमाले देवघाट ५ नं. वडाको अध्यक्षमा गणेश बहादुर थापा चयन 
    images

    देवघाट, ६ कार्तिक । नेकपा एमाले देवघाट गाउँपालिका ५ नं. वडा कमिटिको अध्यक्षमा गणेश बहादुर थापा चयन भएको छ । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट थापा सर्वसम्मत चयन भएको हो । 

    247930039_295486595531278_7569151694105295976_n.jpg

    सो अधिवेशनले वडा उपाध्यक्षमा आत्माराम पाण्डे,  सचिवमा गोपि अछामि मगर, सह–सचिवमा रामहरी पुडासैनी र गिता ढकाललाई चयन गरेको छ। अधिवेशनले  ३६ सदस्यीय कमिटी गठन गरेको हो।

    247690305_1575385626132390_5466115348460416888_n.jpg

    नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

    243125412_452816339800021_948899876878677253_n.jpg

    दिनदिनै वर्षा भैरहेको हुदाँ बाढी पहिरो प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले देवघाट
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend