करिष्मा गुरुङ देवघाट तनहुँ : पौष २१ गते
देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण कुँवरद्वारा ५ वटा ह्वाइट बोर्ड वितरण गरिएको छ । सो बोर्ड कुँवरले आफ्नो व्यक्तिगत तर्फबाट देवघाट ५ साँढेबगर स्थित रहेको महादेव आधारभूत विद्यालयमा आज एक कार्यक्रमबिच वितरण गरिएको हो ।

उहाँले वडा र आफ्नो व्यक्तिगत तर्फबाट धेरै ठाउँहरूमा सक्दो सहयोग गर्दै बताए छ । महादेव आधारभूत विद्यालयमा कक्षा १ देखी ५ कक्षा सम्म २२ जना विद्यार्थीहरु अध्यनरत छन्। महादेव स्कुल भूगोलको हिसाबमा विकट छ । केही दिन अघि विद्यालयका प्रधानाध्यापक सँगको कुराकानीमा विद्यालयको लागि ह्वाइट बोर्ड आवश्यक छ भन्ने कुरा सुनेपछि आफु त्यस स्कुललाई ह्वाइट बोर्ड सहयोग गरेको अध्यक्ष कुँवर बताए । कुँवरले आफ्नो पहलमा सिद्वेश्वर फर्निचर उद्योग देवघाटले १ वटा र आफ्नो व्यक्तिगत तर्फबाट ४ वटा ह्वाइट बोर्ड गरि जम्मा ५ वडा बोर्ड स्कुललाई आज हस्तान्तरण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक हिरा कुमारी कोइरालाले ह्वाइट बोर्ड प्राप्त पश्चात् सहयोगी मन अध्यक्ष कुँवरलाई धन्यवाद प्रकट दिएका थिए । उनले विद्यालयमा विद्यार्थी सँख्या कम भएता पनि विद्यालयलाई आवश्यक पर्ने भौतिक वस्तुहरू स्थानीय सरकारबाट आगमि दिनहरूमा प्राप्त हुन्छ होला भन्ने आशा व्यक्त गरिन । बर्खा मौसममा नदिको बहाव स्कुल सम्म आउने हुदाँ त्यस समस्यालाई समाधान गर्न अनुरोध समेत गरेका थिए । सो कार्यक्रममा साँढेबगर सामुदायिक वनका अध्यक्ष टिकीसरा गुरूङ, युवा समाजसेवी हिमाल आले मगर गरी विद्यालयका सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रम माहदेव प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।




