वडा अध्यक्ष कुँवरले आफुले पाउने सेवा बापतको रकम विद्यार्थीहरुको शैक्षिक सामाग्री र न्यानो कपडामा

images
  • 301
    SHARES
  • पौष २४, २०७९ आइतबार
    वडा अध्यक्ष कुँवरले आफुले पाउने सेवा बापतको रकम विद्यार्थीहरुको शैक्षिक सामाग्री र न्यानो कपडामा
    images

    देवघाट तनहुँ:२०७९ पोस २४

    324724563_696339435477400_2768809032594632400_n.jpg

    देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले आफुले पाउने सेवा बापतको रकम बाट देवघाट वडा नम्बर ५ बगन्दि स्थित मुकेदेश्वरी आधारभूत विद्यालयका बालबिकास देखि कक्षा ५ सम्म अध्यनरत २४ जना विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री संगै न्यानो कपडा वितरण गरेको छ।

    324729001_1410532119768426_2705103355078813114_n.jpg

    प्रमुख अतिथि कुँवरले देवघाट गाउँपालिकाको वडा नम्बर ५ अन्य वडाहरु हेरी सुगम देखिएता पनि बगन्दि गाउँ विकट रहेको बताउदै जति सक्दो छिटो मोटररेवल बाटोको लागी स्थानीय तह,प्रदेश र केन्द्र संग पहल गर्ने बताए।उहाँले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको लागी आफुले कुनै कसर नराखी काम गर्ने समेत बताए छन् । साथै कुँवरले अध्यक्ष पदमा निर्वाचित भएदेखि नै आफुले पाउने सेवा बापतको तलब,भत्ता शैक्षिक क्षेत्र,स्वास्थ्य क्षेत्र र आर्थिक अवस्था कम्जोर विपन्न वर्गहरुको लागी सहयोग गर्दै आएका छन्।

    324511014_1167344350653960_4765711271201064299_n.jpg

    कार्यक्रममा बिशिस्ट अतिथि ५ नम्बर वडा सदस्य याम बहादुर मगर र कमला गुरुङ, मुकेदेश्वरी आधारभूत विद्यालयका प्रधानध्यापक महेन्द्र कुमार श्रेष्ठ,गाउँपालिकाका शाखा पशु अधिकृत डा.सम्राट अधिकारी,ने.बि.संघ देवघाटका सभापति हरि कुँवर लगाएतलए शुभकामना मन्तव्य राखेका थिए।साथै नेपाली काङ्ग्रेस गाउँकार्यसमितिका सचीव भरत आचार्य, समाजसेवी बिपिन कुँवर,समाजसेवी सुरेन्द्र राना लगाएतको उपस्थिति रहेको थियो भने मुकेदेश्वरी आधारभूत विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष कुल बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    324507435_883890389478670_2945992222249159363_n.jpg324736488_735904107739360_4449466553571399380_n.jpg324511082_989973835295381_3122385026300813450_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend