उपाध्यक्ष चयनमा विवाद हुदा युवासंघका केन्द्रीय सदस्य शान श्रेष्ठले गरे एमाले जिल्ला सदस्य एवं गाउँकमिटि इन्चार्ज बाबुराम अधिकारीलाई मुक्का प्रहार

images
  • 234
    SHARES
  • कार्तिक ६, २०७८ शनिबार
    उपाध्यक्ष चयनमा विवाद हुदा युवासंघका केन्द्रीय सदस्य शान श्रेष्ठले गरे एमाले जिल्ला सदस्य एवं गाउँकमिटि इन्चार्ज बाबुराम अधिकारीलाई मुक्का प्रहार
    images

    देवघाट, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेले आज देशभर आयोजना गरेको वडा अधिवेशन कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाउँपालिका ५ नं. वडाको अधिवेशनमा भने लफडा परेको छ। वडा कमिटि अध्यक्ष चयनमा सर्वसम्मत भएपनि उपाध्यक्ष चयनमा विवादले उग्ररुप लिदा मुक्का हानहान समेत भएको हो।

    उपाध्यक्षमा आत्मराम पाण्डे र गिता ढकाल २ जनाको दावी परेपछि विवाद सुरु भएको थियो। स्रोतले दिएको जानकारी अनुसार विवाद हुदै जादा उपाध्यक्षका उम्मेद्वार पाण्डेलाई नेकपा एमाले जिल्ला सदस्य एवं देवघाट गाउँकमिटि इन्चार्ज बाबुराम अधिकारीले धक्का दिएको थियो। आफ्नो पक्षीय उम्मेद्वार पाण्डेलाई इन्चार्ज अधिकारीले धक्का दिएपछि युवा संघका केन्द्रिय सदस्य शान श्रेष्ठले इन्चार्ज पाण्डेलाई मुक्का प्रहार गरेको थियो।

    दुई पक्ष बिच धकेला धकेल र मुक्का प्रहार हुन थालेपछि अधिवेशन स्थल केहिबेर रणमैदानमा परिणत भएको थियो। यद्यपी पछि अन्य नेतृत्व पंक्तिको सम्झाई बुझाई पछि उपाध्यक्षमा आत्मराम पाण्डेलाई सर्वसम्मत गर्ने र अर्का उम्मेद्वार गीता ढकाललाई सह–सचिवमा सर्वसम्मत गर्ने सहमति भएपछि विवाद साम्य भएको स्रोतले जनाएको छ। 

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले देवघाट
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend