सुर्योदय कृषि सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

images
  • 292
    SHARES
  • पौष २५, २०७९ सोमबार
    सुर्योदय कृषि सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
    images

     देवघाट तनहुँ : पौष २५ गते

    देवघाट गाउँपालिका वडा नं ५ अवस्थित रहेको सुर्योदय कृषि सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा आज सोमबार सम्पन्न भएको हो ।

    सोही साधारणसभा कार्यक्रमका प्रमुख आतिथि देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले अब देवघाट गाउँपालिकालाई कृषिमा निर्भर बनाई अगाडि बढ्नु पर्ने बताउदैँ देवघाट वासीलाई अझै राम्रो आयआर्जनको स्रोतको रुपमा कृषि कार्य गर्ने गरी आफु सधै लागि पर्ने बताए ।

    सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव न्यौपाने, देवघाट ४ खानेपानीका अध्यक्ष विष्णु प्रसाद अधिकारी, नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने लगाएत उक्त सहकारीका सम्पुर्ण सेयर सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । संस्थाका अध्यक्ष शेरबहादुर थापा‌को अध्यक्ष कार्यक्रम सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend