करिस्मा गुरुङ देवघाट तनहुँ : पौष २७ गते
आज ३०१ औँ पृथ्वी जयन्ती देशमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । यो देशको लागि पृथ्वीमा रहेता पनि नरहेता पृथ्वी नारायणी शाहको उत्तिकै महत्त्व रहेको छ ।

जसकै सम्झना आज देवघाटमा बृद्वाश्रममा रहेका बृद्वाबुवाआमाहरूलाई भण्डार खुवाएर पृथ्वी जयन्ती मनाइएको देवघाट बरिस्ठ समाजसेवी रामनाथ मिश्रले बताए । मिश्रले पितृहरूको सम्झनामा र पृथ्वी जयन्तीको अवसरमा आश्रममा रहेका ३२ जना बृद्वाबुवाआमालाई आजको दिन भण्डार खुवाएर मनलाई शान्ति मिलेको बताए । शाहको जन्मदिनको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै फोटोमा माल्याणपण गरेर सम्मान व्यक्त गरेका गिए ।

जसले देश निर्माण गरेर हामीलाई नेपाली बनाइदियो त्यो नेपाली भएको नाताले हामीले आजको दिनलाई पर्वतको रूपमा मनाउनु पर्छ र सधै सम्झिरहनु पर्छ भने । मिश्रले पृथ्वीनारायण शाह यो देशमा नजन्मेको भए, यो देशलाई एकीकरण नगरेको भए हामी टुक्राटुक्रामा बिभाजन भएर यो राष्ट्रका टुक्रा भएर गाँस बनाएर बिदेशीहरूले खाइसक्ने थियोे भने । देवघाट समाज कल्याण केन्द्र बृद्वाश्रमका व्यवस्थापक देबु अधिकारीले सञ्चालन गरेको कार्यक्रम दिवाकर मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियोे ।




