वेद वेदाङ्ग विद्यालय एवं विद्यापीठम् को ५६ औँ वार्षिकोत्सव सम्पन्न

images
  • 250
    SHARES
  • पौष २७, २०७९ बुधबार
    वेद वेदाङ्ग विद्यालय एवं विद्यापीठम् को ५६ औँ वार्षिकोत्सव सम्पन्न
    images
    करिष्मा गुरुङ देवघाट तनहुँ:पौष २७ गते
    तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रमद्वारा सञ्चालित वेद वेदाङ्ग विद्यालय एवं विद्यापीठम् को ५६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
    बुधबार भएको आश्रमको वार्षिकोत्सव सँगै भएको राष्ट्रिय एकता दिवस कार्यक्रमका प्रमुख नेपाल सँस्कृत विद्यालय अनुसन्धान केन्द्र कार्यकारी निर्देशक सुधन कुमार पौडेलले दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गर्नु भएको थियोे ।
    324892755_498649542402338_3629049712426872990_n.jpg
     
    सो कार्यक्रमका प्रमुख अतिथि नेपाल सँस्कृत विद्यालय अनुसन्धान केन्द्र कार्यकारी निर्देशक पौडेलले यस वेद वेद्वाङ्ग विद्यालय विश्व एउटा नमुना विद्यालयको रूपमा अगाडि बढेको र देवघाटमा रहेका अन्य गुरूकुलको तुलनामा पनि वेद वेदाङ्ग गुरूकुल उत्कृष्ट गुरूकुलको रूपमा रहेको बताए । प्रमुख अतिथि पौडेलले धर्म, सँस्कृति सँरक्षण मर्यादाको जगेर्ना र यो देशको विकासको लागि गुरूकुललाई अगाडि बढाउनु पर्छ जोड दिए। विद्यालयको लागि सदैब सपोर्ट, सदभाव,प्रज्ञा, बुद्धि र क्षमताले भ्याएसम्म आफ्नो सहयोग रहने बताउदै भावि दिनहरूमा वेद वेदाङ्ग विद्यालय विश्व विद्यालयकै आकार लियोस् भन्दै शुभकामना समेत दिए ।
    325144748_1775863719452938_7897703550171913007_n.jpg
     
    सो कार्यक्रममा वार्षिकोत्सव समारोहमा भएको विभिन्न खेलकुद र कार्यक्रमहरूको पुरस्कार वितरण गर्नुका साथै विद्यालयका सबैभन्दा उत्कृष्ट छात्रलाई सम्मान गरिएको थियोे । कार्यक्रम समारोहमा विद्यार्थीहरूले सँस्कृत भाषामा कविता वाचन, अंग्रेजी भाषामा भाषण समेत गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि प्र.सं.गु डा.स्वामी विमलानन्द सरस्वतीले वेद वेदाङ्ग विद्यालयका विद्यार्थीहरूको प्रतिभाको प्रसंशा गर्दै आगमि दिनहरूमा यस्तै प्रतिभाहरू अझै निखार्दै जान अनुरोध गरे । आफ्नो तर्फबाट हुने सल्लाह सुझाव र परामर्श दिन सधैं तत्पर रहने बताए । सो कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारी,प्रा.डा. महादेव अवस्थी, १०८ स्वामी अदृैतानन्द गिरिजी लगाएत उपस्थिति रहेको थियोे । कार्यक्रम अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
     
    325245015_1282471165632320_5914025487985836467_n.jpg
     
     
     
     
     
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend