करिश्मा गुरुङ देवघाट तनहुँ:२०७९पुस २८

प्रत्येक वर्ष देवघाटधाममा लाग्दै आएको मकरसक्रान्ती मेलाको तयारी तीब्र गतिमा अगाडि बढेको छ । पौष २८ गते गलेश्वर आश्रममा देवघाट क्षेत्र विकास समितीले
आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्र विकास समितिका अध्यक्ष एवं मकर सक्रान्ती मेला व्यवस्थापन मुल समिति २०७९ का सयोजक बद्री अधिकारीले बताए अनुसार मेला अवधिभर ५ लाख बढी भक्तजनहरु देवघाटधाममा प्रवेश गर्ने बताए। देवघाटमा श्रद्धा पुर्वक आएका भक्तहरुको सेवा सुविधालाई ध्यानमा राख्दै बाटो देखि स्नानघाट सम्मको तयारीमा क्षेत्र विकास समितीले मध्यनजर गरेर सबै कार्यको तयारी पुर्ण गरिएको अध्यक्ष बताए ।

मेला व्यवस्थापन मुल समिति २०७९ को निर्णय अनुसार तिर्थस्थलमा धूम्रपान , मास-मदिरा एवं सुर्तीजन्य पदार्थ निषेध गरिएको छ, यात्रुहरु झोलुङ्गेपुलमा हिड्दा एक पटकमा १०० जनाको पंक्ति भइ विस्तारै हिड्ने छन, बैकल्पिक मार्गको रुपमा बेणिमा प्रशस्त मात्रामा डुङ्गाको वयवस्था गरिएको छ डुङ्गा बाट नदि वारपार गर्दा एकतर्फी भाडा रु.३५ कायम गरिएको छ , मेलाको अवधीमा सवारी साधनहरु रामनगर हुँदै देवघाट वा रामनगर-ठिमुरा हुँदै देवघाट वा दास ढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने छन र फर्कदा देवघाट - वागिश्वरी हुँदै आपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ , देवघाट चितवन तर्फ सवारी पार्किङको लागि सिताराम सस्कृत मा.विको कम्पाउन्ड लाई व्यवस्थापन गरिएको छ भने तनहुँ तर्फ सवारी साधनको लागि देवघाट बसपार्क (ईलाका प्रहरी कार्योलय ) अगाडि ठुला सवारी साधन र साना सवारी साधनको पार्किङ खेलकुद मैदानमा पार्किङको व्यवस्था मिलाइएको छ , पौष २९,३० र माघ १ गते ३ दिनका लागि विध्युत अविच्छिन प्रवाह हुने वयवस्था मिलाइएको छ , बेणिमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्टाइएको छ , भक्तजनहरुको सुविधाको लागि पर्याप्त मात्रामा तनहुँ र चितवन दुबै तर्फ विभिन्न सामुदायिक वनहरुको सहयोगमा धुनिको व्यवस्था मिलाइएको छ । अनन्त विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजका अनुसार देवघाटधाममा लाग्ने मेलामा श्रद्धा पुर्वक स्नान गर्न आउने भक्तहरु बाट कुनै पनि समस्या नआउने तर मेला हेर्न घुम्न आउने हरुबाट मात्र समस्या हुने गरेको छ ।

देशको मध्यभागमा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधामले ऐतिहासिक,पौराणिक,सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको यथार्थ सबैलाई छर्लङ्ग छ । गोसाइकुण्डबाट आएकी त्रिशूली र दामोदर कुण्डबाट आएकी कालीगण्डकीको मिलन देवघाटधामको बेणीमा भएकोले माघे संक्रान्ति पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी-देवताहरु आउने हुनाले भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन भन्ने पौराणिक मान्यता रही आएको छ साथै पौष मसान्तका दिन विहान माघेसंक्रान्ति मेलाको शुभारम्भ देवघाटधामका विभिन्न आश्रमहरुका पीठाधीशज्यूहरुको समुपस्थितिमा गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीमहाराजको नेतृत्वमा धार्मिक विधि अनुसार बेणीसंगममा लिङ्गो गाडी मेलाको शुभारम्भ गर्ने प्रचलन रहि आएको छ ।
वशिष्ठ,विश्वामित्र,यज्ञवल्क्य,जनक,सीता,जस्ता सयौं ऋषि महर्षि यहाँ आई तपस्या गरेका रामले अश्वमेध यज्ञ्य,सीता विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको पाइन्छ । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिन्छ सदा झैं यस वर्ष पनि माघे संक्रान्ति मेलामा लाखौँ भक्तजनहरुले पवित्र धार्मिक तीर्थ क्षेत्रको तीर्थाटन गरी स्नान,जप, तप, पाठ, पूजा, हवन, दान, श्राद्ध, यज्ञ आदि कर्म गरेर पुण्य प्राप्त गर्ने विश्वास गरिएको छ । यसै अवस्थालाई दृष्टिगत गरेर देवघाट क्षेत्र विकास समितिले तीर्थयात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन,तनहूँ १ नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख,जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख आदिको समन्वयमा सयौं सुरक्षाकर्मीहरुको परिचालन हुनुका साथै सम्बन्धित कार्यालय प्रमुखहरू सँग छलफल गरी यस समितिले निम्नानुसार मेला व्यवस्थापन कार्य सम्पन्न गरिसकेको पत्रकार सम्मेलन बताएका थिए । तीर्थस्थलमा धुम्रपान,मांस-मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गर्नुका साथै उक्त वस्तुहरु विक्रि वितरण ओसार पसार एवं सेवन कार्य नगरी सहयोग पुयाईदिनुहुन सबै पक्षसंग अनुरोध गरेको छ ।

झलुङ्गे पुल जिर्ण अवस्थामा रहेको हिड्दा नरोकिकन पंक्तिवद्ध भई विस्तारै हिडिदिन तिर्थालुहरूमा अनुरोध गरेको छ ।वैकल्पिक मार्गको रुपमा बेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको छ डुङ्गा,याफ्टिङ्गबाट नदी वारपार गर्दा लाईफ ज्याकेट अनिवार्य लगाउनु पर्ने व्यवस्था मिलाईएको छ, भने एकातर्फी भाडा रु.३५/- रूपैयाँ तोकिएको छ । मेलाको अवधिमा सवारी साधनहरु रामनगर हुँदै देवघाट वा रामनगर-ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने छन र फर्कदा देवघाट-वागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको छ, साथै मुग्लीन तर्फबाट देवघाट आउने सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम तनहूँ प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको छ, चिवनतर्फ सवारी साधनको पार्किङ्गको लागि साना सवारी साधनको लागि श्री सीताराम संस्कृत मा.वि.को कम्पाउण्ड भित्र व्यवस्था मिलाइएको छ भने ठुला सवारी साधन (बस, मिनीबस, माईक्रो) आदिको पार्किङ्ग व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) देखि उत्तर पूर्व क्षेत्रमा सवारी साधनहरुलाई सहज रुपमा पार्किङ्ग गर्ने प्रबन्ध मिलाईएको छ ।

तनहूँतर्फ सवारी साधनको लागि देवघाट बसपार्क (ईलाका प्रहरी कार्यालय) अगाडी ठुला सवारी साधनको र साना सवारी साधनको पार्किङ्ग खेलकुद मैदानमा पार्किङ्गको व्यवस्था मिलाईएको छ भने सवारी पार्किङ्ग शुल्कको दररेटमा मेला अवधीभर साईकल रु.१०/- मोटरसाइकल रु.२०/- कार / जीप भ्यान हल्का सवारी रु.५०/- र बस / ट्रक हेभी सवारी साधन रु.१००/- निर्धारण गरिएको छ । प्राथमिक स्वास्थ्य उपचारमा तनहूँतर्फ देवघाट गाउँपालिका स्वास्थ्य शाखाको संयोजकत्वमा सामुदायिक स्वास्थ्य ईकाई र नेपाल रेडक्रस सोसाईटी उप-शाखा देवघाटले आवश्यक प्राथमिक स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउने छन् भने चितवनतर्फ नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको संयोजकत्वमा विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा एम्बुलेन्स सहितको नि:शुल्क स्वास्थ्य शिविर रहने व्यवस्था मिलाईएको छ । त्यस्तै गरि सम्मेलनमा अनन्त विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले देवघाटधाममा लाग्ने मेलामा श्रद्धा पुर्वक स्नान गर्न आउने भक्तहरुबाट कुनै पनि समस्या नआउने र मेला हेर्न घुम्न, रमाइलो गर्न आउने हरुबाटभने समस्या हुने गरेको बताए ।



