नेपाल शिक्षक संघ देवघाटको अध्यक्षमा केशव काफ्ले चयन

images
  • 553
    SHARES
  • पौष ३०, २०७९ शनिबार
    नेपाल शिक्षक संघ देवघाटको अध्यक्षमा केशव काफ्ले चयन
    images

    देवघाट तनहुँ : पौष ३० गते

    नेपाल शिक्षक संघ देवघाट गाउँपालिका कार्यसमितिको चौँथो प्रतिनिधि सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

    शनिवार सम्पन्न भएको सो अधिवेशनमा अध्यक्ष पदमा केशव काफ्ले निर्विरोध चयन भएको हो । भने अध्यक्ष केशव काफ्ले सँग २२ सदस्यीय समिति गठन भएको हो । त्यस्तै महिला उपाध्यक्ष पदमा पार्वती खड्‌का, उपाध्यक्ष जित बहादुर थापा, सचिव सोम प्रसाद काफ्ले, सचिव अर्थ खगेन्द्र थापा, सह-सचिव आशिष पाैडेल,महिला सह-सचिव शोभा खड्‌का जि.सी.,सह सचिव अर्थ मञ्जु गुरुङ, सह सचिव समावेशी पार्वती थापा, सह-सचिव समावेशी लक्ष्मी वि.क.वडा संयोजक वडा नं.१ का प्रसाद थापा,वडा नम्बर २ मन बहादुर थापा वडा नम्बर ३ तुल बहादुर गुरुङ,वडा नम्बर ४ राधिका पराजुली वडा नम्बर ५ राम प्रसाद खनाल र महिला सदस्य चन्द्रकला दाहाल,पुनम ढकाल,नरी माया गुरुङ, सूर्य बहादुर गुरुङ,मीना थापा,श्री माया मल्ल,खेम कुमारी सारू गरि २२ सदस्यीय समिति चयन भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकालाई शिक्षाको क्षेत्रबाट बन्चित नगर्ने प्रतिवद्वता गरेका छन् । उनले अहिले पालिकाभित्र धेरै जसो प्रतिनिधिहरू शिक्षक भएको हुदाँ शिक्षा क्षेत्रबाट बालबालिकाहरू बन्चित नहुने बताएका हुन् । सो कार्यक्रममा देवघाट गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक शिक्षिकाहरूको सहभागीता थियोे । केशव काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम नेपाल शिक्षक संघ देवघाट गाउँपालिका कार्यसमितिका सचिव राजु थापाले सञ्चालन गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend