माघे संक्रान्ति मेला: देवघाटमा करिब ५ लाख भक्तजनहरू भित्रिए

images
  • 226
    SHARES
  • माघ १, २०७९ आइतबार
    माघे संक्रान्ति मेला: देवघाटमा करिब ५ लाख भक्तजनहरू भित्रिए
    images
     करिष्मा गुरूङ देवघाट तनहुँ : माघ १ गते
    विश्वमै परिचित देवघाटधाम हिन्दूको पवित्र तीर्थस्थलको रूपमा चिनिन्छ । तनहुँ, चितवन र नवलपुरको सङ्गम स्थलमा पर्ने धार्मिकस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला भर्न आज तिर्थालु भक्तजनहरूको घुइँचो लागेको थियोे । देवभूमि देवघाटधाम भएको हुदाँ यहाँ हरेक दिन स्वदेश तथा विदेशी भक्तजन अधिक मात्रामा आउने गर्छन् । हरेक बर्षको माघ १ गते लाग्ने यो मेला वर्षकै सबै भन्दा ठुलो पर्वको रूपमा देवघाटमा मनाउने गर्दछ । देवघाटमा वर्षमा धेरै पर्वहरू लाग्ने गर्छ र यस मेलालाई देवघाट क्षेत्र विकास समिति र स्थानीय सरकारको सहकार्यमा सम्पन्न गर्ने गरिन्छ । र यो माघे संक्रान्ति मेला भने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीको मुल संयोजकत्वमा सम्पन्न भएको छ । देवघाटलाई देविहरूको बासस्थानको रूपमा पनि लिने र चिन्ने गरिन्छ ।
    325982560_562052585803700_6481896986620082123_n.jpg
     
    हरेक वर्ष देवघाटमा लाखौँ भक्तजनहरू आउने गर्छ र आज भन्दा २/३ वर्ष अगाडि कोरोनाको कारणले ग्रस्त बनाएता पनि यो वर्ष भने सोचे भन्दा पनि बढि भक्तजनहरू भित्रिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं मेला व्यवस्थापन मूल समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार नारायणगढ रामनगर हुदैँ देवघाट आउने र दासढुङ्गा देवघाट हुदैँ आउने दुबै तर्फबाट धेरै भक्तजनहरू देवघाट प्रवेश गरेको बताउदैँ तनहुँ देवघाट र चितवन देवघाटमा उत्तिकै भक्तजनको भिड रहेको थियोे । त्यस्तै नवलपरासीबाट बोट चढेर हजारौँ भक्तजनहरू देवघाट आएको थियोे भन्दैँ यसपालिको माघे मेला पुर्ण रूपमा सफल भएको बताए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चिरञ्जीवी शर्माले मेला प्रयास गरे बमोजिम व्यवस्थित तरिकाले कुनै पनि समस्या नआइ सम्पन्न भएको बताए । निर्देशक शर्माले हिजोबाट आउने फर्किने गरेर आज सम्ममा मेलामा लगभग ५ लाख भन्दा बढी भक्तजनहरू भित्रिएको हो भने ।
    325812756_727081535374192_2699474436981484569_n.jpg
     
    बिहान चिसो समय भएको हुदाँ भक्तजनहरू अलि कम थिए भने १०/११ बजेपछि भक्तजनहरूको व्यापक भिड भएको शर्मा बताउछन् । बेलुकीको ५/६ बजेसम्म पनि मेला भर्न आउने जाने क्रम रहेको थियोे । माघे मेलामा देवघाट गाउँपालिकाभित्रबाट विभिन्न ठाउँबाट अर्गानिक फलफुल केरा, सुन्तला, अमिलो, बन तरूल, घर तरूल, तरकारी,सालको पात, मास, गहत, बोडी, गहत लगाएत विक्री वितरण गर्नुका साथै चिसो मौसममा तातो तातो सेल सोटी तरकारी बिक्री वितरण गरिएको थियोे । सोही मेलामा पसल राखेर देवघाट गाउँपालिका वडा नम्बर ५ क्वादीमा बसोबास गर्ने अमृता गुरूले मेलाको एकैदिनमा लगभग ३० हजारको हाराहारी आम्दानी समेत गरेको बताए । उनले आफ्नो घरमा उत्पादित अर्गानिक फलफुल र तरकारीहरू मेलामा विक्री वितरण गरेर बताए । माघे मेला भर्ना आएका काठमाडौँ निवासी माधव गौतमले देवघाट माघे मेलामा आफु सधै आइराखेको बताउदैँ हरेक वर्ष देवघाट मेलामा आउदा लाइन बस्न पर्ने, घण्टौ कुर्न पर्ने समस्या चाहिँ समाधान गर्न आयोजक समिति अनुरोध गरेका छन् । उनले मेला भर्ना आउनु भन्दा घर फर्किन समस्या रहेको बताए ।
    325907864_1391926688282308_5281425516155915532_n.jpg
     
    देवघाटधामको वेणी सङ्गमस्थलमा हिजो पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ भएको थियोे । मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू लगाएतको टोली खटिएइएको थियोे । इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायब निरिक्षक भेषराज रेग्मीले मेला व्यवस्थापनमा सुरक्षा क्षेत्रमा एकदम सरल र सहज भएको बताए । रेग्मीले मेलामा कुनै पनि झमेला नभइ सभ्य तरिकाले मेला सम्पन्न भएको हुदाँ सहज भएको बताए थियोे । उनले आफ्नो तर्फबाट गरेको जिम्मेवारी काम सुरक्षाबाट केही गल्ति भैहालेको खण्डमा स्वयं आफुलाई जानकारी गराउन समेत अनुरोध गरेका छन् ।
     
    325801638_2364055950433896_2612937189306168913_n.jpg
     
    325696591_3284357645149434_1852137755108853051_n.jpg
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend