देबघाट गाउँपालिकाको लेखा शाखा सुचारु

images
  • 595
    SHARES
  • माघ १०, २०७९ मंगलबार
    देबघाट गाउँपालिकाको लेखा शाखा सुचारु
    images

     देवघाट तनहुँ : माघ १० गते

    देबघाट गाउँपालिकाको लेखा शाखा सुचारु मंगलबारबाट सुचारू भएको छ । गत पुस ११ गते देबघाट गाउँपालिकाको लेखा शाखाका अधिकृत उमानाथ ढकाल र लेखापाल संजय शर्मा माथि वडा नम्बर ३ का जनताहरूले गरेको अभद्र व्यवहार र हातपातका कारण अबरुद्द भएको लेखा शाखा आजबाट पुनः संचालनमा आएको हो ।

    उक्त घटना पश्चात् सेवा बन्द हुन पुगेको लेखा शाखा पिडक पक्षहरु जिल्ला प्रहरी कार्यलय तनहूुमा आत्मसमर्पण पश्चात् तनहुँ जिल्ला प्रशासनको समन्वयमा देबघाट गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको शान्ति सुरक्षाको प्रत्याभुति प्रदान गर्ने लिखित प्रतिबद्दता पश्चात् सो शाखामा कार्यरत लेखा कर्मचारीहरु शाखा सुचारु गर्न सहमत भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । आज मंगलबार दखि लेखा शाखामा नियमित काम संचालन भएको अध्यक्ष थापाले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend