देवघाट तनहुँ : माघ १३ गते
देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरू भएको छ ।
देवघाट गाउँपालिकाको आयोजनामा र पार्वती माध्यमिक विद्यालयको संयोजकत्वमा भएको सो प्रतियोगिता आज देवघाट १ कोटामा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले समुद्घाटन गर्नु भएको हो । समुद्वघाट सँगै कार्यक्रमको औँचित्य माथि प्रकाश प्रधानाध्यापक इश्वर गुरूङले प्रस्ट पारेका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन आज ८ वटा विद्यालयबाट सहभागीता रहेका थिए । पालिका भित्रका रहेका विद्यालयहरू भृकुटी माध्यमिक विद्यालय साराङ्घाट, सिद्ध महाकाली माध्यमिक विद्यालय देवघाट, कालिका माध्यमिक विद्यालय देवघाट, बज्रयोगिनी माध्यमिक विद्यालय देवघाट, पार्वती माध्यमिक विद्यालय कोटा, आदर्श शिक्षा माध्यमिक विद्यालय खाल्टे, कालिगंगा माध्यमिक विद्यालय बैदी, बालकेश माध्यमिक विद्यालय छिपछिपे गरेर ८ वटा विद्यालयबाट सहभागी थियोे ।
सोही प्रतियोगितामा कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जिल्ला स्तरीय रनिङ शिल प्रतियोगितामा सहभागी गराउनको लागि अहिले पालिका भित्रका माध्यमिक विद्यालयहरूको प्रतियोगिता कार्यक्रमको आयोजना गरेको बताए । थापाले प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थीहरू छनौट गरेर राष्ट्रपति रनिङ शिलमा भाग लिन पठाउने उद्वेश्यले प्रतियोगिता राखेको हो भने । आज माघ १३ गतेबाट सुभारम्भ भएको सो प्रतियोगिता कार्यक्रम माघ १५ गते समापन हुने पार्वती माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक हरि प्रसाद श्रेष्ठ बताए । उक्त कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ र देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेको विशिष्ट अतिथ्य, देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बर अध्यक्ष पुर्ण बहादुर कुँवरको अतिथ्य र विद्यालयका प्रधानाध्यापकहरू लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियोे । शिक्षक गणेश बहादुर विष्टले सञ्चालन गरेको कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनिराज गुरूङको अध्यक्षतामा भएको थियोे ।



