गाउँमा खानेपानी सुविधा आए पछी देवघाट काफलस्वरा समुदायमा खुसी छायो

images
  • 274
    SHARES
  • माघ १४, २०७९ शनिबार
    गाउँमा खानेपानी सुविधा आए पछी देवघाट काफलस्वरा समुदायमा खुसी छायो
    images

     करिश्मा गुरुङ देवघाट तनहुँ:माघ १४ गते

    327864163_6330146273696873_1624671037038317371_n.jpg

    देवघाट गाउँपालिका वडा नम्बर ४ काफलस्वरा स्थित काफलस्वरा लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजनाको आज ( शनिबार )कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा समुद्घाटन भएको छ ।

    327933177_569875288088766_5418459207501026480_n.jpg

    सोही परियोजनाको काम सफल भएर पछि र गाउँमा खानेपानी सुविधा आए पछी काफलस्वरा समुदायमा खुसी छाएको छ। सो कार्यक्रम प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले आफु निर्वाचन भएको ८ महिनाको दौडानमा देवघाट गाउँपालिकाले प्रपोज गरेको सबैभन्दा पहिलो कार्यक्रमको उद्घाटन गर्न पाउदा खुसी व्यक्त गरे । गुरूङ निर्वाचित पछि यो ठाउँको खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले अगाडि बढिरहदाँ विभिन्न संस्थाहरू डब्लुडब्ल एफ नेपाल,रिसर्च सेन्टर,डब्लुडब्लु एन नेपाल लगाएको सहयोगी संस्थाहरूको सहकार्यमा परियोजना सम्पन्न भएको बताउदैँ परियोजना सम्पन्न गर्नुमा खटिएका प्राविधिक लगाएत सम्पुर्णमा धन्यवाद समेत व्यक्त गरे । परियोजनामा देवघाट गाउँपालिकाबाट ४ लाख २६ हजार ४ सय छयालीस रूपैयाँ, डब्लुडब्लु एफ बाट ६२ लाख ६३ हजार १ सय एक्सठ्ठि रूपैयाँ, उपभोक्ता समितिले ९५ हजार १ सय एक्सठि रूपैयाँ गरेर जम्मा ६७ लाख ५२ हजार ४ सय उनान्सत्तरी रूपैयाँ लगानीमा परियोजना सम्पन्न भएको उहाँले बताए ।

    327809212_559429619428074_7802357389979898343_n.jpg

    साथै उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिका धेरै विकट ठाउँहरू रहेको हुदाँ आगमि दिनहरूमा पनि यस संस्थाहरूसँग सहकार्य गरेर धेरै योजनाका कामहरू सम्पन्न गर्ने समेत बताए । काफलस्वरामा खानेपानी पुगे सँगसँगै अब यहाँ बसोबास गर्ने बासीहरूको आयआर्जनको श्रोतलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कृषि क्षेत्रलाई समेत अगाडि बढाउने बताए । डब्लुडब्ल एफ नेपालका राजेन्द्र सुवालले कार्यक्रममा बोल्दै काफलस्वरा भौगोलिक हिसाब र विकास दुबैले अति नै बिकट क्षेत्र भएको र मानिसको लागि सबैभन्दा आवश्यक त्यो ठाउँमा खानेपानी समस्या रहेको डब्लुडब्ल एफ नेपालले पालिकासँग सहकार्यमा काफलस्वरा लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजना काम सम्पन्न गरेको बताए । लिफ्टिङ्ग खानेपानी उद्घाटन समारोहमा रोशनी कार्कीले डब्लुडब्लु एन नेपालले विगत ८ वर्षदेखि विभिन्न ठाउँहरूमा खानेपानी तथा सरसफाइ विषयमा काम गर्दै आइरहेको बताए । कार्कीले देवघाट गाउँपालिकामा सहकार्य गरेर खानेपानीको काम सम्पन्न हुँदा खुसी व्यक्त गर्दै आगमि दिनहरूमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता समेत व्यक्त गरे । यस संस्थाले चितवन लगाएत विभिन्न जिल्लाको धेरै ठाउँहरूमा खानेपानीको काम गरिसकेको र हाल इच्छाकामना गाउँपालिकामा विभिन्न परियोजनाका कामहरू गरिरहेको बताए ।

    327006350_520735010126922_9077881312920415706_n.jpg

    कार्यक्रममा डब्लु.डब्लु.एन.जिल्ला वास संयोजक यज्ञराज जोशी विगत देखि खानेपानी सरसफाइ सम्बन्धि चितवन तनहुँ धादिङ बाग्लुङ लगाएतका जिल्लाहरूमा काम गर्दै आइरहेको बताए । उनले देवघाटमा पहिलोपटक खानेपानी परियोजना सम्पन्न गरेको बताउदैँ काफलस्वराका ४१ घरधुरीलाई त्रिपक्षीय सम्झौता गरेर सुरक्षित खानेपानीको काम विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा सम्पन्न गरेको बताए । जोशीले देवघाट गाउँपालिकासँग गत असार महिनामा परियोजनाको सम्झौता गरेर काम अगाडि बढाएर माघ १४ गते आज काम सम्पन्न गरेर उद्घाटन गरेको बताए । र उनले आगमि दिनहरूमा पनि देवघाटमा यस्तै कार्यहरू गर्ने प्रतिवद्वता व्यक्त गरे ।

    323407451_524485819775480_2850983253077362107_n.jpg

    डब्लुडब्लु एफ नेपालका रूबिना कार्की,डब्लुडब्लु एन नेपालका इन्जिनियर कमल चापागाई,देवघाट गाउँपालिका इन्जिनियर श्याम सुन्दर सुवेदी,देवघाट गाउँपालिकाका पुर्व कृषि अधिकृत आनन्द प्रसाद घिमिरे,देवघाट ४ स्वास्थ्य चौकी प्रमुख रामचन्द्र के.सी,गाइघाट बेलडाँडा टोलका अध्यक्ष नर बहादुर गुरुङ, लगाएतको सहभागीता रहेको थियोे । देवघाट गाउँपालिका वडा नम्बर ४ सचिव रन्जना ज्वाला राईले सञ्चालन गर्नु भएको कार्यक्रम सोही काफलस्वरा लिफ्टिङ्ग खानेपानीका अध्यक्ष ओम बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend