देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो स्थानमा कालिका मा.वि

images
  • 322
    SHARES
  • माघ १५, २०७९ आइतबार
    देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो स्थानमा कालिका मा.वि
    images
    करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १३ गते
    देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । गत माघ १३ गतेबाट सुरू भएको सो प्रतियोगिता आज तिन दिन पछी समापन गरिएको छ । देवघाट गाउँपालिकाको आयोजना र पार्वती माध्यमिक विद्यालयको संयोजकत्वमा भएको सो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो स्थान कालिका माध्यमिक विद्यालयले हासिल गरेको छ । त्यस्तै गरि दोस्रो स्थान आदर्श माध्यमिक विद्यालयले हासिल गरेको छ, तेस्रो स्थान भृकुटी माध्यमिक विद्यालयले हासिल गरेको छ भने चौथो स्थान पार्वती माध्यमिक विद्यालयले हासिल गरेको छ ।
     
     
    327999728_903497160975635_1121663558155160137_n (1).jpg प्रतियोगितामा छात्रातर्फ सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा बज्रयोगिनी माध्यमिक विद्यालयका एलिशा भुजेल र छात्र तर्फबाट आदर्श माध्यमिक विद्यालयका अभिषेक आलेलाई चुनिएको छ । प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जिल्ला स्तरीय रनिङ शिल प्रतियोगितामा सहभागी गराउनको लागि अहिले पालिका भित्रका माध्यमिक विद्यालयहरूको प्रतियोगिता कार्यक्रमको आयोजना गरेको बताए ।साथै अध्यक्ष थापाले प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थीहरू छनौट गरेर राष्ट्रपति रनिङ शिलमा भाग लिन पठाउने उद्वेश्यले प्रतियोगिता कार्यक्रम राखेको बताए । साथै उहाँले गाउँपालिकाले विभिन्न संघ संस्था संग समन्वय गरि शैक्षिक,खेलकुद,स्वस्थ्य क्षेत्रको दिगो बिकास गर्दै बताए। विद्यार्थीहरूको चौतर्फी विकास, शिक्षकहरूको पेसागत विकास र अभिभावकहरूको आफ्ना बच्चाहरूको सुनिश्चितको लागी शैक्षिक क्षेत्रको विकासको निति तथा कार्यक्रम ल्याउने समेत बताए ।
     
    326943709_1398157074321635_4311920646991931084_n (1).jpg
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend