करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १६ गते
देशको लागि आफ्नो बलिदान दिएका महान सहिदहरूको सम्झनामा तनहुँको देवघाटमा दीप प्रज्वलन कार्यक्रम गरि मनाएका छन् ।

आज माघ १६ गते अर्थात सहिद दिवसको अवसरमा देवघाटधाम जेसीज र लियो क्लब अफ देवघाट चौतारीको संयुुक्त आयोजनामा देवघाट गाउँपालिकाको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले महान शहिदहरू प्रति सम्मान व्यक्त गर्दै दीप प्रज्वलन गर्दै देशका महान सहिदहरूले दिएको बलिदान प्रति सम्मान व्यक्त गरे । उनले सहिदको नामले देशलाई विभिन्न देशहरूमा चिनाउन समेत सफल भएको बताए । देवघाटधाम जेसीज र लियो क्लव अफ देवघाटको सकृयतालाई मध्ये नजर गरेर युवाहरूलाई अगाडि बढाउने समेत बताए ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सहिद दिवसको अवसरमा पालिकाको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्दै महान सहिदहरु प्रति सम्झना र सम्मान व्यक्त गरे । सोही अवसरमा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले महान सहिदको सम्झनामा दीप प्रज्वलन गर्दै देशका लागि बलिदान दिनुभएका महान सहिदहरू सधै स्मरणमा रहने बताए ।
सो दीप प्रज्वलन कार्यक्रममा वडा नम्बर ५ सदस्य कमला गुरूङ, सरस्वती परियार,देवघाट गाउँपालिका प्रशासन अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यक्रम अधिकृत कृष्णराज पन्त,स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकी,जिन्सी शाखाका दुर्गा राना, लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष सम्राट अधिकारी र पुर्व अध्यक्ष आत्मराम पाण्डे लगाएत गरि देवघाटधाम जेसीज र लियो क्लव अफ देवघाट चौतारीका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे । कार्यक्रम देवघाटधाम जेसीजका कोषाध्यक्ष प्रसन्न ढकालले सञ्चालन गरेका थिए भने देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रघु मल्लको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।





