करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १९ गते
तनहुँको देवघाट गाउँपालिकामा "समुन्नत देवघाटको आधार,धार्मिक पर्यटन कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुल नारा सहित आज गाउँपालिकाको सभाहलमा शिक्षा योजना निर्माण कार्यशाला सम्बन्धि दुई दिने तालिम सुरू भएको छ । आज बाट सुरू भएको सो तालिम भोलि २० गते समापन हुने छ । शिक्षा योजना किन कसरी भन्ने विषयमा खाका प्रस्तुतिका साथै शिक्षा योजनाको आवश्यक प्रकृयाहरू सम्बन्धमा र समूह कार्य लगाएत अन्य विषयमा मन्त्र अध्ययन अनुसन्धान केन्द्र महाराजगञ्ज काठमाडौँका प्राविधिक परामर्शदाता मनोज सुवेदी,प्रकाश न्यौपाने र योगेन्द्र बुढा लगाएतले प्रशिक्षण दिनुभएको थियोे ।

सो तालिममा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष एवं गाउँ शिक्षा समितिका संयोजक तिल बहादुर थापाको देवघाट गाउँपालिकाको शिक्षा क्षेत्रबाट गुणस्तरलाई मध्य नजर राखेर अगाडी बढेको बताउनुभयो। साथै अध्यक्ष थापाले दुई दिने तालिममा सहभागी सम्पूर्ण शिक्षकहरूलाई आफ्नो अमुल्य समयलाई सहि तरिकाले सदुपयोग गरेर अगाडि बढ्न आग्रह समेत गर्नुभएको थियो । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको विशिष्ट अतिथ्य शिक्षा योजना निर्माण गर्नको लागि आगाडि बढेको बताए । यो कार्यक्रमलाई प्रभावकारी बनाई शिक्षा क्षेत्रमा परिवर्तन गर्न आग्रह गर्दै यो तालिमले लैङ्गकि समानताको विषयमा अझ धेरै कुराहरू समावेश गराएर अगाडि बढ्ने छ भन्ने पूर्ण विश्वास लिएको बताए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले स्वागत मन्तव्य दिनुभएको थियो। तालिममा गाउँपालिका भित्रका ३८ वडा विद्यालयका प्रधानाध्यापक र सह- प्रधानाध्यापक सहभागी रहेको थियोे । देवघाट गाउँपालिका शिक्षा शाखाका कर्मचारी सुभद्रा भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रम देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



