देवघाट तनहुँ : माघ २० गते
"समुन्नत देवघाटको आधार: धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार" स्थानीय स्रोत साधनको सदुपयोग गरौँ, सिप सिकौँ आत्मानिर्भर बनौँ भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गतका सम्भावित उद्यमीहरूका लागि उद्यमशिलता विकास ८ दिने तालिम आजबाट सुरू भएको छ ।

सोहि तालिमको शुभारम्भ समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले दाजुभाइहरू मात्रै हैन कि महिला दिदिबहिनीहरू उद्यमी बन्न जरुरी छ भनेका छन् । अब महिला दिदिबहिनीहरू चुला चौकामा मात्रै हैन कि स्वयं आफैँ उद्यमी व्यवसायी बन्नु पर्छ भन्ने । देवघाट गाउँपालिका भित्रका महिला दिदिबहिनीहरूको सीप विकास गर्ने र उद्यमी बनाउने उद्वेश्यले तालिमको आयोजना गरिएको अध्यक्ष थापा बताए ।
उनले देवघाट गाउँपालिकामा विगत देखि नै मेड्पा उद्यमशिलता विकास तालिमहरू दिइरहेको बताउदैँ आगमि दिनहरूमा पनि यस्तै विभिन्न सीप मुलक तालिमहरूको आयोजना गरेर महिला दिदिबहिनीहरूलाई उद्यमी बनाउने तर्फ लाग्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले तालिम तालिम मात्रै नभई त्यसलाई व्यबहारमा उतार्न आग्रह गर्दै अवबाट तालिम लिदैँ गरेका दिदिबहिनीहरूले यो तालिम मार्फत म अब उद्यमी एउटा बन्छु भनेर अगाडि बढ्नु पर्छ भने । गुरूङले जुनसुकै ठाउँमा गएर भएपनि प्रशिक्षणको रूपमा उभिन्न सक्ने हुन्छु भनेर उद्वेश्यका साथ अगाडि बढ्न अनुरोध गरे । तालिम लिएपछि तालिम लिने समय अबधि भर मात्रै हैन कि आफु एउटा तार्किटमा पुग्छु भनेर अगाडि बढ्न बताए ।

सो तालिम समारोहमा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले एउटा परिवारमा एक व्यक्तिले लाखौं कामाउछ भने पनि परिवारको सबै उद्यमी बन्नु पर्छ भने । यदि ५ जनाको परिवार छ भने पनि परिवारको सबै उद्मी बन्नुपर्छ भन्दै देवघाट गाउँपालिका भित्रका सम्पन्न व्यक्तहरूलाई उद्यमी बन्नुपर्छ र बनाउने प्रयास पालिकाबाट सधै रहने बताए । कार्यक्रममा देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराई, देवघाट गाउँपालिका स्तरीय महिला संजाल उपाध्यक्ष मायाँ शर्मा र देवघाट गाउँपालिका उद्यम विकास सहयोगी गिता गुरूङ लगाएत उपस्थिति रहेको थियोे । तालिमको पहिलो दिन आज सहभागी सम्पूर्णबाट एकदिनको कार्यतालिका अनुसार मनोरञ्जनतर्फ भवानी अधिकारी, व्यवस्थापनतर्फ गिता कुमारी थापा, प्रतिवेदनतर्फ प्रमिला भुजेल र मुल्यांकनतर्फ चिजा थापा मगर रहेको थियोे । उद्यमशिलता तालिम आज माघ २० गते देदि सुरू भएको तालिम माघ २९ गते सम्म रहने छ । देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बर अध्यक्ष पुर्ण बहादुर कुँवरको अध्यक्षता भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका उद्यम विकास सहजकर्ता तिर्थ प्रसाद लम्साले तालिमको पहिलो दिन प्रशिक्षण दिनुभएको थियोे ।


karishma gurung

