देवघाट तनहुँ : माघ २२ गते
तनहुँको देवघाट गाउँपालिकामा शिक्षा क्षेत्रलाई केहि हदसम्म भएपनि परिवर्तन गर्न सकिन्छ कि भन्ने उद्वेश्यले विभिन्न तालिमहरूको आयोजना गरिएको छ । आज माघ २२ गते पनि"समुन्नत देवघाटको आधार: धार्मिक पर्यटन,कृषि र सम्पन्न पूर्वाधार" भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आयोजनामा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली आई.ई.एम.ई.एस.सम्बन्धि दुई दिने क्षमता विकास तालिम सुरू भएको छ ।

सोहि तालिमको शुभारम्भ समारोहका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले तालिम तालिम मात्रै हैन त्यसलाई व्यवहारमा उथर्न आग्रह गर्दै तालिम रहेका सम्पूर्ण शिक्षकहरूलाई राम्रोसँग काम गर्न अनुरोध गरे ।अध्यक्ष थापाले यो तालिम प्राप्त गरिसकेपछि विद्यालयको सबै सुचनाहरू इन्ट्रि गर्ने कुराहरू तल्लो तहबाटै सबै कुरालाई अध्ययन गरेर इन्ट्रि गर्नु सम्पूर्ण शिक्षकहरूमा अनुरोध समेत गरे । उनले गाउँपालिकाबाट विद्यालयलाई दिने सेवा सुविधाहरू विभिन्न योजनाका कामहरू,स्टेसनरी सामग्री,विद्यालयको लागि आवश्यक पाठ्यपुस्तकहरू इत्यादि लगाएत आवश्यक परेको खण्डमा मात्र दिइने बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अहिले सबै इलेक्ट्रोनिक माध्यमबाट विद्यालयका काम,आर्थिक कारोबारहरू सहजै भैरहेको बताउदैँ विद्यालयको आर्थिक गतिविधिलाई सरल,सहज र प्रभावकारी बनाउनको लागि तालिमको आयोजना गरिएको सुवेदीले बताए । उनले शिक्षा क्षेत्रमा पहिले हातले लेखेको सच्याउन मेट्नु पर्थ्यो भने अब एउटा इलेक्ट्रोनिक माध्यमबाट कामहरू सरल तरिकाले सम्पन्न गर्न सकिने प्रविधि विस्तारै स्थापित भैरहेको छ र आजको काम भोलि गर्छु,भोलिको काम पर्सि गर्छु भन्ने चलन अब बिस्तारै हट्नुपर्छ भन्दै आज गर्नुपर्ने काम आजै गर्न आग्रह समेत गरे ।

एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली आई.ई. एम.ई.एस. सम्बन्धि दुई दिने क्षमता विकास तालिम आजबाट देवघाट गाउँपालिकाको सभाहलमा सुरू भएको छ भने तालिममा देवघाट गाउँपालिका भरिएका लगभग ४० जना शिक्षक शिक्षिकाहरूको सहभागी रहेको थियोे । देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।


karishma gurung

