देवघाट तनहुँ : फाल्गुन १ गते
तनहुँको देवघाट गाउँपालिकाममा भोलिदेखि पालिकाभित्रका नागरिकहरू वैदेशिक रोजगारीमा कति छन भनि तथ्यांक संकलन गरी प्रोफाइल तयारी गर्ने भएको छ । "स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए, सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔँ" भन्ने मुल नारा सहित सो तथ्यांक संकलन गरी प्रोफाइल तयारी गर्ने भएको छ। गत माघ २८ गते देवघाट गाउँपालिकाले आयोजना गरिएको सुरक्षित आप्रवासन (सामी ) कार्यक्रम देवघाट गाउँपालिकाको आप्रवासी पाश्वचित्र सम्बन्धि अभिमुखीकरण तालिममा वैदेशिक रोजगारी बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र, सामी कार्यक्रम जिल्ला संयोजक लुना राना, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी र देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त लगाएतले तिनदिने तालिममा प्रशिक्षण दिनु भएको थियोे ।
तालिम देवघाट गाउँपालिकमको आयोजना र सामी कार्यक्रमको प्राविधिक सहयोगमा भएको हो । अभिमुखीकरण तालिमको समापन समारोहमा आज ५ वटै वडाका ८ जना गणकहरू खटाएको छ । जसमा वडा नम्बर १ मेख बहादुर गुरूङ,२ नम्बर राजु थापा र तिल कुमारी थापा,३ नम्बर विष्णु मगर,४ नम्बर सुजन गुरूङ, ५ नम्बर बबिता पौडेल,शंकर सापकोटा, सागर बोटे गरी ८ जना गणकहरू खटाएको हो । सो ८ जना गणकहरूले भोलिबाट नै आ-आफ्नो वडामा खटिइ वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको घरमा गई तथ्यांक संकल गरिने देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्तले बताए । तालिममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङ समेत उपस्थिति रहेको थियोे ।


karishma gurung

