महाशिवरात्रिको पुर्व सन्ध्यामा देवघाट गलेश्वर आश्रम परिसर सरसफाइ(फोटो फिचर)

images

  • 281
    SHARES
  • फाल्गुण ५, २०७९ शुक्रबार
    महाशिवरात्रिको पुर्व सन्ध्यामा देवघाट गलेश्वर आश्रम परिसर सरसफाइ(फोटो फिचर)
    images

    देवघाट तनहुँ :फागुन ५

    महाशिवरात्रि भोलि शिवजीको दिन । तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रमले हरेक वर्ष मान्दै आइरहेको पर्व महाशिवरात्रि पुर्व सन्ध्यामा आश्रम आसपास सरसफाइ गरिएको छ । गलेश्वर आश्रमले परम्परागत देखि नै मनाउँदै आइरहेको पर्व महाशिवरात्रिको अघिल्लो दिन आफ्नो मन्दिर आसपास सरसफाइ कार्यक्रम गरिएको गलेश्वर आश्रम कार्यलय सचिव महेन्द्र प्याकुरेलले बताए ।

    331352253_755629255790311_889873662496392392_n.jpg

    भोलि फाल्गुन ६ गते मनाइने महाशिवरात्रि अर्थात गलेश्वर आश्रम शिद्वेश्वर महादेवको स्थापना दिनको अवसर भएकोले विभिन्न कार्यक्रमको आयोजना गरेर भोलिको दिन विशेष गराउने प्याकुरेलले बताए । आश्रममा भोलि १२१ ब्रामणद्वारा रूद्राक्ष कार्यक्रम विहान ८ बजेबाट सुरू हुने छ भने रातभर शिवजीको नाम ध्यान गरी जागाराम बस्ने चलन छ । त्यस्तै गरि आश्रममा शिवजीको आराधना, ध्यान गर्नुका साथै आफ्नो पितृको नाममा वत्ति बालेर बस्ने पनि गरिन्छ भने भोलि बेलुकाबाट शिवजीको ४ वटा विशेष पुजा सुरू भइ पर्सि बिहान सकिन्छ ।

    330983563_883261779575527_9001758675201456123_n.jpg

    उक्त सरसफाइ कार्यक्रम महाशिवरात्रिलाई मध्येनजर गरेर आयोजना गरिएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले बताए । आज गलेश्वर आश्रम परिसर पुरै सरसफाइ गरिएको बताउदैँ शिवरात्रि लगत्तै देवघाट बेनी संगम वरिपरि समेत सरसफाइ गर्ने जानकारी गराए । उक्त सरसफाइ कार्यक्रममा देवघाट क्षेत्र विकास समिति, सव-डिभिजन वन कार्यालय देवघाटका प्रतिनिधि र गलेश्वर आश्रमका बटुकहरूको सहभागीतामा सम्पन्न भएको थियोे ।

    330528420_1635266643543425_5993057615288318095_n.jpg

    आश्रममा भोलिको दिन फलारा,दूध,चम्सुरको खिर,गहुँको दलिया,आलु,तरूल र कन्दमुल लगाएत खाएर बस्ने गरिनुका साथै शिवजीको प्रसादको नाममा धतुरोको फुल पुजा गर्दा चढाइन्छ तर सन्यास परम्परा अनुसार खाने चलन भने हुदैँन । भोलिको दिन देवघाट विभिन्न ठाउँबाट शिवरात्रि मनाउन आउने गर्दछ । आजै पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा पनि शिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।

    331911071_736955191260388_8725575748671052481_n.jpg



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend