देवघाट तनहुँ:फागुन ७
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित बुद्दि प्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि बाख्रा फर्ममा अचानक आगलागी हुँदा करिब ३२ लाख बराबरको क्षेति भएको छ।

यहीँ फागुन ७ गते राति करिब १:३५ बजेको समयमा अचानक आगलागी हुँदा ४ बाख्रा सहित बाख्राको गोठ,पराल,दान लगएतका सामना पुर्णरुपमा जलेर नष्ट भएको ईलाका प्रहरी प्रमुख कृष्ण बहादुर बानियाँले जानकारी दिए। साथै फर्ममा बाख्रा ६२,भैंसी ५,गाइ ४ गरि ७१ ओटा बस्तुभाउ रहेको बानियाँले बताए। उहाँका अनुसार आगलागी लाई नियन्त्रणमा लिन भरतपुर महानगर पालिका बाट आएको दमकल,प्रहरी र स्थानियको सहयोगमा राति करिब १:३५ बजे लागेको आगो बिहाना ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको बताए। साथै आगलागी बाट कुनै मानविय क्षेति पनि भएको छैन भने आगलागी हुनुको कारण पनि खुलेको छैन्।

करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र सिंगापुर बसेर नेपालमै केहि गर्छु भनेर फर्किएका पीडित बुद्दि प्रसाद उपाध्यायलाई यतिबेला बज्रापात परेको छ। २०७७ साल असार बाट सुरु गरेको ३ रोपनी क्षेत्रफलमा सो फर्ममा पहिला २२ ओटा बाख्रा मात्रै थिए।करिब ३ बर्षको अबधिमा बाख्रा ६२, भैंसी ५ र गाइ ४ गरि ७१ ओटा बस्तुभाउ सहित दुई जनालाई रोजगारी समेत प्रदान गर्दै आएका थिए। भरतपुर ९ चितवन निवासी हाल देवघाटका भट्टराई कृषि फर्म सञ्चालक उपाध्याय बताउछन् लाखौं लगानी गरेर सुरु गरेको फर्ममा अचानक आगलागी हुँदा क्षणभरमै खुशी खरानी भयो`।




