देवघाट तनहुँ : फाल्गुन ९
तनहुँको देवघाटमा ६५ वर्षिय महिला आफ्नै घरमा झुन्डिएर आत्माहत्या गरेको अवस्था फेला परेको छ । देवघाट गापालिका वडा नम्बर ४ मोरिया स्थित बसोबास गर्दै आएकी ६५ वर्षिय सरा गुरुङ आफ्नै घरको ढोटा अगाडि बलोमा नाम्लोको पासो लागाइ झुन्डिएको अबस्थामा देखेका बिहानै बिहे भोजमा गएका स्थानीयहरुले बताएका थिए।
उक्त शव भरतपुर सरकारी अस्पतालमा पोर्ष्टमनटम गरी अहिले गुरूङको संस्कार अनुसार"कर्मकाण्ड" अन्तिम संस्कार गर्न लगिएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले जानकारी दिए । उक्त घटनाको स्थिति हेर्दा पारिवारिक समस्याको कारणले झुन्डिएको हुन सक्ने बानियाँले बताए ।


karishma gurung

