तनहुँ कार्तिक १५
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ मा मेलमिपाल सेवा केन्द्र स्थापना गरिएको छ । केन्द्र समाजमा उत्पन्न हुने सानातिना विवादलाई समाजमै समाधान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
सो मेलमिलाप केन्द्रको व्यानर पढेर उद्घाटन गर्दै देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ्गले समाजमा एउटा सकारात्मक बाटो सिर्जना गर्ने माध्यम मेलमिलाप केन्द्र रहेको बताउनु भयो । उपाध्यक्ष गुरुङले मेलमिलाप केन्द्र विवाद समाधान गर्ने एउटा केन्द्र हो यस केन्द्रको सहायताले कोही व्यक्ति अन्यायमा परेको खण्डमा दुबै पक्षको जीत गराएर अगाडि लैजाने संस्था समेत रहेको जानकारी गराउदैँ केन्द्र स्थापना गर्नु मात्रै ठुलो कुरा हैन यस संस्थालाई सहि तरिकाले अगाडि बढाउन अनुरोध समेत गर्नु भएको थियोे ।
त्यस्तै समाजमा धेरै समस्याहरू उत्पन्न हुने गर्दछ त्यसलाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यले पालिकाको सम्पूर्ण वडाहरूमा केन्द्रको स्थापना गरिएको उपाध्यक्ष गुरूङले जानकारी गराउनु भएको थियोे । साथै मेलमिलाप केन्द्र स्थापना सँगै आवश्यक सामानहरू दराज, टेबुल, कुर्सी र मेलमिलाप कर्तालाई आवश्यक पर्ने सम्पूर्ण सामानहरू गाउँपालिकाले उपलब्ध गराएको गुरुङले बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले मेलमिलाप केन्द्र राख्नुको मुख्य उद्देश्यले समाजमा भएका सानातिना झैझगडा मिलाएर राख्ने एउटा माध्यम रहेको हुदाँ यसलाई सहि तरिकाले अगाडि बढाउन अनुरोध गर्नुभएको थियोे ।
सो कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्द प्रसाद पौडेलले समाजमा जो कोहि पनि दवावमा बस्न बाध्य नहोस सानोतिनो झैझगडा भैहाले समाजमै समाधान गर्न सहज होस् भन्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका कार्यपालिका सदस्य गंगा सिं बि.क.,याम मायाँ गुरूङ,देवघाट गाउँपालिका वडा नम्बर-५ सदस्य कमला गुरूङ,याम बहादुर मगर,देवघाट गाउँपालिका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा र छिपछिपे टोल विकास संस्थाका अध्यक्ष रविन्द्र गुरूङ लगाएतले मन्तव्य दिनुभएको थियोे । भने कार्यपालिका सदस्य मन मायाँ बि.क., वडा सदस्य दुर्गा बहादुर गुरूङ,नर बहादुर गुरूङ,वडा नम्बर ३ सचिव अनुरूद्र काफ्ले र मेलमिलाप कर्ताहरूको सहभागीता रहेको थियोे देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले सञ्चालन गर्नु भएको सो कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ३ अध्यक्ष टेक बहादुर आलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।





