देवघाट तनहुँ,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ स्थित दलित महिला सदस्य पदमा ४१ बर्सिय मनमायाँ बि. क. निर्बिरोध निर्वाचित भएकी छन ।

देवघाट ३ नम्बर वडाको दलित महिला सदस्य पदमा मनमायाँ बि.क. को मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत थमनसिङ थापाले जानकारी दिए । उनले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दर्ता गराएकी थिइन । उनको एकल उम्मेदवारी परेकाले उनलाइ निर्बिरोध निर्वाचित भएको घोषणा गर्न बाकी रहेको थापाले बताए ।



